परिचय

Image

नेपाल “हरियो बन नेपालको धन” भन्ने उक्तीलाई सार्थक बनाउन “हर नेपालीले एक व्यक्ति एक विरुवा”को नारा लिई विरुवा जोगाउन तर्फ उन्मुख हुनु पर्ने वेला आएको छ । यसबाट भावि पिढीले पनि बन संरक्षणमा ठूलो महत्व र संरक्षणको भूमिका निर्वाह गर्न सक्ने छन । जलदेवी सामुदायिक बन उपभोक्ता समुह चितवन जिल्लाको भरतपुर माहानगरपालिका वडा नं. २ भित्र पूर्वमा पुंगीखोला कल्भर्ट देखि भलाई चौर बीचको बाटो पश्चिममा फेदीखोला हुदै मृगवास थुम्की, उत्तरमा ढ्यांग्री खोला, आँप बगैचा हुँदै नयाँ पानी ट्याकीको कल्भट हुदै धमिला खोला र दक्षिणमा आपटारी आवादी क्षेत्रसम्म फेदी खोला हुँदै नारायणीको तिर हुदै सिचाईको गेटसम्म ४५९.२९ हेक्टर क्षेत्रफल, नारायणगढ बजार देखि १ किलो मिटर नजीक रहेको छ ।
आत्यामिक र पुरातात्विक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको देवघाट, बागेश्वरी र राजदरवार रहेकोले बन आध्यात्मिक, साँस्कृतिक र आर्थिक महत्व झल्काउने एक मात्र देश कै महत्वपूर्ण बन यो सामुदायिक बनले आफ्नै महत्व दर्शाएको छ ।
विश्वमै दुर्लव मानिएका जीवजन्तुहरुको बासस्थान (जस्तै बाघ, गैंडा... Read More

गतिविधि

१) जैविक विविधतालाई संरक्षण
२) वन पैदवार चोरी निकासी रोक्ने नियमित रोटेसन अनुसार उपभोक्ता, र वन हेरालु परिचालीत तथा आवश्यकता अनुसार कार्यसमिति जिल्ला वन कार्यालय र समूहको संयुक्त गस्ती
३) पर्या – पर्यटकीय विकाशको लागी पार्क निर्माण तथा संञ्चालन ।
४) सिमसार क्षेत्र संरक्षण तथा पोखरी निर्माण
५) नदी कटान क्षेत्रमा वृक्षारोपण तथा संरक्षण ।
६) गरिवि न्यूनिकरणको लागि जिल्ला वन कार्यालय तथा समूहको आफ्नै लगानीमा निम्न स्थरका उपभोक्ताहरु लाई जिविको पार्जन सम्वन्धी कार्यक्रमहरु संचालीत ( तरकारी तथा फलफुल विक्री को लागी ठेला वितरण, मौरी पालन, सिलाई कटाई
७) वातवरण अनुकुलन नर्सरी स्थापना
८) नो फायर अभियान लाई निरन्तरता तथा अग्नि नियन्त्रण घर निर्माण
९) न्यून स्थरका उपभोक्ताहरुका छोराछोरी हरुलाई छात्रववृत्ती प्रदान गरि पढाउदै आएको
१०) स्थानीय संघ संस्था, टोल विकाश ,वाटो घाटो, स्वथ्य , विद्यालयहरु लाई सहयोग ।